२९ बैशाख २०८२, सोमबार

बजेट विनियोजन ठिक ढङ्गले नहुनु हाम्रो मुल समस्याः पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रको समस्या बजेट विनियोजन र कार्यान्वयन भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढङ्गले नहुनुभएको बताउनु भयो । उहाँले बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने विषय अर्थमन्त्रीको दृढताले निर्धारण गर्ने बताउनु भयो ।

उहाँले खर्च गर्नुपर्ने ठाउँमा खर्च नभएको, खर्च गर्न नपर्ने ठाउँमा बढी खर्च भएको र थोरै थोरै रकम छरिएको जिकिर गर्नुभयो । उहाँले अध्ययन भएका आयोजनाहरूलाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्ने सरकारले प्रतिबद्धता जनाएको समेत धारणा राख्नुभयो । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका उहाँले सीमित स्रोत र साधनको दुरुपयोग नहुने, प्रभावकारी कार्यान्वयन हुने र सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि अर्थमन्त्रीले गृहकार्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “मुल हाम्रो अर्थतन्त्रको समस्या भनेको बजेट विनियोजन र कार्यान्वयनको हो । बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा कति सुदृढ ढङ्गबाट दृढताका साथ अर्थमन्त्री खडा हुनुहुन्छ, त्यसले निर्धारण गर्छ । हाम्रो समस्या भनेकै विनियोजन ठिक ढङ्गले भएको छैन । जहाँ खर्च गर्नुपर्ने हो, त्यहाँ खर्च गर्न सकेका छैनौँ । जहाँ खर्च नगरे पनि हुने हो, त्यहाँ ज्यादा खर्च भइराखेको छ । थोरै थोरै रकम जताततै छरिएको छ ।

यसलाई प्राथमिकीकरण गर्छौ भन्ने पनि कुरा छ । अध्ययन भएका आयोजनाहरूलाई मात्रै केन्द्रित गरेर बजेट विनियोजन गर्छौं भन्ने पनि भन्नुभएको छ । आउने बजेटमा हेर्न बाँकी छ कि, भने अनुसार कति लक्षित किसिमबाट विनियोजन हुन्छ । सीमित स्रोत र साधनको दुरुपयोग नहुने अवस्था र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने अवस्था र प्रतिफल सुनिश्चित गर्ने अवस्था सिर्जना गर्नको लागि उहाँहरूले गम्भीर होमवर्क पनि गर्नुपर्दछ । अनेकौँ खाले दबाबहरूलाई झेल्न पनि सक्नुपर्छ ।”
उहाँले सरकारले प्रश्तुत गरेको र दुवै सदनबाट पास भएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

पूर्वअर्थमन्त्री महत बजेट
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]