०५ साउन २०८२, सोमबार

भारतमा हप्ताभरमै दिन गुणा बढे कोराना सङ्क्रमित

नयाँ दिल्ली । भारतभरि कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ८३ पुगेको छ । केरलामा सबैभन्दा बढी ४३० जना कोरोना बिरामी फेला परेका छन् ।

मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । गुजरातमा १३ जना बिरामी निको भएका छन् । उत्तर–पूर्वमा पनि कोरोनाका बिरामीहरू थपिन थालेका छन् ।

मंगलबार अरुणाचल प्रदेशमा २ जना महिलामा कोरोना पोजिटिभ पाइएको थियो । तीमध्ये एक जनालाई ज्वरो र हल्का खोकी लागेको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन ।

मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय सङ्क्रमित वृद्धको उपचारको क्रममा मृत्यु भयो । राज्यमा कोभिडको नयाँ भेरियन्टबाट भएको यो पहिलो मृत्यु हो । यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ । कुल मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको मे २९–३० मा बिहार भ्रमणमा जादैछन् । यसलाई ध्यानमा राखेर राज्यको स्वास्थ्य विभाग सतर्क बनेको छ । प्रधानमन्त्रीको १०० मिटर भित्र बस्ने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ ।

भारतका धेरै राज्यहरूमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको छ । यसैबिच देशमा चार नयाँ भेरियन्टहरू फेला परेका छन् । दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन् । अन्य ठाउँहरूबाट नमुनाहरू लिइँदै छन् ।

नयाँ भेरियन्टहरूको अनुसन्धान गर्न सकियोस् भनेर अनुक्रमण गरिँदै छ । केसहरू धेरै गम्भीर छैनन् र मानिसहरूले चिन्ता गर्नु नपर्ने भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि यिनीहरूलाई चिन्ताजनक ठानेको छैन । यद्यपि, यसलाई निगरानीमा राखिएको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ । चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा यो भेरियन्ट देखिन्छ ।

कोराना
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]