०५ साउन २०८२, सोमबार

एमाले गम्भीर सङ्कट पार गरेर अघि बढेको छ ः प्रदीप ज्ञवाली

भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले अत्यन्तै अप्ठेरो स्थितिलाई पार गरेर अहिलेको अवस्थामा आएको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताए । ‘हामी अत्ति अप्ठेरा मोड पार गरेर अहिलेको अवस्थामा आइपुगेको छौं,’ उनले भने ।

ज्ञवालीले विगतका असजिलाको तुलनामा अहिले पार्टी खासै अप्ठेरोमा नभएको बताए । एमाले देशको सबैभन्दा ठुलो पार्टीको रूपमा बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको उनले सुनाए ।यस्ता अवस्थामा पनि पार्टी माथि भएको आक्रमण सामना गर्न नसक्नु लाचारी हुने उनले सुनाए । अहिलेको सबै खालका चुनौतीको एमालेले सहज सामना गर्ने उनले बताए ।

एमाले गम्भीर सङ्कट पार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]