०५ साउन २०८२, सोमबार

नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन् ।

विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आईतबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

उनले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको ठूलो महत्व रहेको बताए । ‘त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्दछ भन्ने मेरो विश्वास छ’, राष्ट्रपति पौडेलले भने ।

रामचन्द्र पौडेल राष्ट्रपति
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]