
भारतीय महावाणिज्य दूतावास, वीरगंज (नेपाल)को आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, वीरगंज माहावणिज्य
दूतावासका वाणिज्यदूत देवीसहाय मिना, मधेश प्रदेशका विभिन्न दलका सांसदहरु, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका पदाधिकारी र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।