०५ साउन २०८२, सोमबार

सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने

काठमाडौं । हरेक वर्षझैं असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ ।सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार, अबदेखि प्रत्येक वर्ष असार १४ गतेदेखि श्रावण १५ गतेसम्म देशभर वृक्षारोपण महाअभियान सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत वातावरणीय सन्तुलन कायम गर्ने, उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिका विरुवा रोप्ने, समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने दीर्घकालीन लक्ष्यलाई साथ दिइने जनाइएको छ ।


यस सन्दर्भमा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन तथा सबै तह र क्षेत्रको सहभागिता सुनिश्चित गर्न वन तथा वातावरण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन समेत गरेको छ ।सम्मेलनमा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’दीर्घकालीन र प्रभावकारी हुने विश्वास व्यक्त गरे । अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले विगतका वर्षमा रोपिएका विरुवामध्ये धेरैजसो हुर्किएको तथ्य प्रस्तुत गर्दै संरक्षण पक्षमा अझ सशक्त पहल आवश्यक रहेको बताए ।


उनले भने, ‘विरुवाहरु प्रत्येक वर्ष रोपिएका छन् । तर त्यसको केही प्रतिशत मासिए पनि धेरै विरुवाहरु हुर्किएका समेत छन् । विभिन्न निकायहरुले विरुवाहरुको रेखदेखदेखि लिएर सबै कुरा गर्दै आइरहेको छ । अहिले ४५÷४६ प्रतिशत बन सुरक्षित छ । वृक्षरोपणहरु निरन्तर भइरहेका छन् । तर जति संरक्षण हुनुपथ्र्यो त्यो हुन सकेको छैन ।’उनले जलवायु संकटले हिमालय क्षेत्रलाई बढी प्रभावित बनाइरहेकाले त्यसतर्फ ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले सन् २०२५ मा ‘हिमालय जोगाऔं’ अभियान सुरु गरेको स्मरण गरे । सोही अभियानको निरन्तरता स्वरूप ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्न लागिएको मन्त्री शाहीको भनाइ थियो ।


मन्त्री शाहीका अनुसार, नेपाल सरकारको दीर्घकालीन रणनीति अन्तर्गत सञ्चालन हुने उक्त वृक्षरोपण अभियानले वन क्षेत्रबाट समृद्धि हासिल गर्ने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।संघीय सरकारका सबै मन्त्रालय, प्रदेश सरकार, प्रदेशका निकायहरू र ७५३ वटै स्थानीय तह सहभागी भएर अभियानलाई एक साझा राष्ट्रिय अभियानको रूपमा अघि बढाइने मन्त्री शाहीले बताए ।

सगरमाथा वृक्षरोपण
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]