
गाजा । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूले पेस गरेको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टिनी समूहको एक स्रोतले यो कुरा पुष्टि गरेको भन्दै बीबीसीले एउटा समाचार छापेको छ । इजिप्ट र कतारको यो प्रस्ताव जुनमा अमेरिकी राजदूत स्टीभ विटकफले दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ ।
यस योजना अनुसार, पहिले ६० दिनको युद्धविराम लागू गरिनेछ । यसपछि, हमासले बाँकी ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्नेछ । यी मध्ये २० जना जीवित रहेको अपेक्षा गरिएको छ । यसपछि, स्थायी युद्धविरामका लागि वार्ता अगाडि बढ्नेछ । तर यसमा अहिलेसम्म इजरायलको प्रतिक्रिया अझै आएको छैन ।
सबै बन्धकहरूलाई एकैचोटि रिहा गरियो भने मात्र देशले कुनै पनि सम्झौता स्वीकार गर्ने गत हप्ता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भनेका थिए । हमासले नयाँ प्रस्तावमा सहमति जनाएको खबरका बिचमा जारी गरिएको एउटा भिडियोमा नेतान्याहूले प्रत्यक्ष टिप्पणी गरेका छैनन् । यसले हमास धेरै दबाबमा छ भन्ने कुरा देखाउने उनले बताएका थिए ।
इजराय गाजामा युद्धविराम युद्धविराम