Blurkart

२४ भाद्र २०८२, मंगलबार

विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाए, धान खेती देखाए

अरु बेला विप्लव भेटघाटका लागि प्रचण्ड निवास पुग्थे । आज भने बिहानै प्रचण्डले विप्लवलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच करिब ५० मिनेट भेटवार्ता भएको छ ।

प्रचण्ड आज बिहान आफैं विप्लवलाई भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए ।

प्रचण्ड विप्लवको निवासमा पुग्दा नेकपाका नेता–कार्यकर्ताहरु लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने विप्लवले स्वागत गरेका थिए । अनि आफ्नो कार्यकक्षमा लगेर विप्लवले आफू बस्ने सोफामा प्रचण्डलाई बसाएका थिए ।

करिब ५० मिनेट विप्लव निवासमा बिताएर प्रचण्ड त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट फर्किनुअघि प्रचण्डले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए । सो क्रममा प्रचण्डले उत्पादनसँग जोडिएको भन्दै विप्लवको प्रशंसा गरेका थिए ।

प्रचण्डको इच्छाअनुसार विप्लवसँग भेट

अरु बेला विप्लव भेटघाटका लागि प्रचण्ड निवास पुग्थे । आज भने बिहानै प्रचण्डले विप्लवलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । अनि प्रमुख स्वकीय सचिव गोविन्द आचार्यलाई बोलाएर विप्लवलाई फोन गरेर आउन लागेको जानकारी दिन भनेका थिए । त्यसपछि आचार्यले विप्लवलाई फोन गरेर भेटघाटको समय मिलाएका थिए ।

विप्लव समाजवादी मोर्चाको अध्यक्षसमेत भएकाले प्रचण्ड आफैं भेट्न गएको आचार्यले बताए ।

सो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै दुई पार्टीबीचको एकताबारे समेत छलफल भएको आचार्यले जानकारी दिए । ‘माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने भनेर गरेको निर्णयबारे प्रचण्डले जानकारी गराउनुभयो अनि समाजवादी मोर्चाको गतिविधिलाई प्रभावकारी बनाउने भनेर छलफल भयो पब्लिक खबर२४ संग भने ।

गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो ।

प्रचण्ड विप्लव
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]