Blurkart

२२ भाद्र २०८२, आइतबार

हैजा प्रकोप : बेड र जनशक्ति वीरगञ्जका निजी स्वास्थ्य संस्था सञ्चालकको प्रतिबद्धता

९ भदौ, काठमाडौं । वीरगञ्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यक बेड र जनशक्ति निशुल्क उपलब्ध थराउने बताएका छन् ।

हैजाको प्रकोप बढ्दै गएपछि सोमबार साँझ वीरगञ्ज महानगरपालिकासँगको छलफलका क्रममा निजी अस्पतालका सञ्चाकहरूले प्रतिबद्धता जनाएका हुन् ।

महानगर प्रमुख राजेशमान सिंहले महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज उपचार उपलब्ध गराउन आग्रह गरेका थिए ।

सो छलफलका क्रममा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उपचार पद्धति अपनाए धेरै मात्रामा सहज हुने बताए ।

त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महामारी नियन्त्रणमा सरकारी र निजी दुवै अस्पतालको समान जिम्मेवारी रहने उल्लेख गर्दै, आवश्यक नपर्दा पनि जबर्जस्ती आइसीयुमा बिरामी राखेर आर्थिक लाभ उठाउने गलत प्रवृत्ति रोक्न चेतावनी दिए ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन (ध्ज्इ), युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगर स्वास्थ्य शाखाका प्रतिनिधि तथा निजी अस्पतालका सञ्चालकहरू सहभागी थिए ।

छलफलमा प्रकोप नियन्त्रणका लागि तत्काल कदम चाल्ने, औषधि तथा शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गर्ने र सचेतना अभियानलाई तीव्र पार्ने सहमति गरिएको मेयर सिंहको सचिवालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले संक्रमणको स्रोत दुई दिनभित्र पत्ता लगाउने गरी नमुना संकलन, स्थलगत निरीक्षण लगायतका काम भइरहेको जानकारी दिए ।

वीरगञ्ज हैजा प्रकोप
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]