Blurkart

२२ भाद्र २०८२, आइतबार

भक्त राना स्मृति चेस आजदेखि, करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । भक्त राना स्मृति खुला र्यापिड चेस प्रतियागिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा दुई लाख चार हजार रुपिया पुरस्कारको लागि करिब दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।माओवादी केन्द्रनिकट अखिल नेपाल चेस संघ (एन्का) ले पूर्वछापामार भक्त रानाको स्मृतिमा फिडे रेटिङ १९०० मुनिका खेलाडी सहभागि हुने गरी प्रतियोगिता आयोजना गरेको हो । काभ्रेका रानाको निधन २०८१ साल भाद्र ११ गते भएको थियो ।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका एन्का अध्यक्ष दिपेन राईले भने, ‘खेलप्रेमीसमेत रहेकाले उहाँ (भक्त राना) को स्मृतिमा चेस प्रतियोगिता आयोजना गरिएको हो । नयाँ र प्रतिभावान खेलाडीलाई अवसर दिनको लागि १९०० रेटिङमुनिका खेलाडीलाई समावेश गरिएको हो । प्रतियोगितामा करिब २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।’

दस मिनेट र इन्क्रिमेन्ट १० सेकेन्डको र्यापिड चेसमा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार र शीर्ष दसमा अटाउनेले जनही ६ हजार रुपिया पाउनेछन् । महिला, अनरेटेड, यू ८, यू १०, यू १२, यू १४, यू १६, यू १८, सातै प्रदेशका उत्कृष्ट खेलाडी, रेटिङ १८०० मुनि र १७०० मुनिका उत्कृष्ट गरी ३२ खेलाडी नगद पुरस्कारका हकदार हुनेछन् ।

हिमालयन चेस एकेडेमीको सहयोगमा होटेल रोयल एयरपोर्ट, सिनामंगलमा सञ्चालन हुने दुई दिने प्रतियोगिताको उद्घाटन समारोह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आथित्य तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको विशेष आथित्यमा गरिनेछ । एन्काले गत वर्ष फिडेमास्टर (एफएम) सुजेन्द्र श्रेष्ठ स्मृति भेट्रान चेस प्रतियोगिता आयोजना गरेको थियो, जहाँ सातै प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेपछि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिएको थियो ।

चेस भक्त राना स्मृति
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]