Blurkart

२३ भाद्र २०८२, सोमबार

नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको ऐन, कानून, नियमहरु परम्परावादी रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पोष्ट बहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद २०८२ मा बोल्दै उनले नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून बन्न नसकेको भन्दै ऐन, कानून परम्परावादी रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालले किन विकास लिन सकेको छैन भन्दा नेपालको ऐन, कानून, नियमहरु अभैm पनि परम्परावादी नै धेरै छन् । नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून अझै पनि बन्न सकेका छैनन् । कयाँै आवश्यक कानूनहरु रोकिएका छन् । अर्को हाम्रो ब्यूरोक्रेसीको पुरै सोच परम्परावादी छ । यसलाई गति दिने खालको छैन।’उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा रहेको परम्परालाई तोड्ने प्रयास गरेको बताए ।

‘मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा पनि नयाँ सेट ल्याएकै हो । र सरकारको नेतृत्वमा पनि अलि उर्जावान, गतिशिल मन्त्री बताउन खोजेकै हो । त्यतिबेला जनार्दन शर्मालाई उर्जामन्त्री बनाउने कुरा र कुलमानलाई एम डि बनाउने कुरा उर्जा क्षेत्रमा परम्परागत तोड्ने कुरासँग सम्बन्धित थियो,’ उनले भने ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न सरोकारवाला संस्थाहरुको पदाधिकारीहरु परिवर्तन भईरहँदा नीति बनाउन असज हुने बताए ।

‘हाम्रो के देखिएको छ भने हाम्रो चाँहे धितोपत्र बोर्ड होस्, चाँहे प्रमोटर र प्रब्लिक शेयर छुट्याउने वास्तवमा नयाँ, नयाँ पदाधिकारी फेरिदाखेरी उहाँहरुले आफ्नो आफ्नो हिसावले नीति बनाउनुहुन्छ,’ उनले भने ।

दोस्रो पटक प्रधानमन्त्री हुँदा नयाँ संविधानको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]