Blurkart

२३ भाद्र २०८२, सोमबार

योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं ः मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा बोल्दै उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिश भएपनि त्यति नै पर्याप्त नभएको बताए ।

उनले भने,‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर समस्यामा छौं । र त्यो समस्याबाट बाहिर निस्कने कोसिश पनि भएको छ । तर हाम्रो कोशिस अझै पर्याप्त भएको छैन् भन्ने मलाई लागेको छ । ’त्यस्तै उनले यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं, तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपरेको बताए ।

अप्ठ्यारालाई चिर्दै वस्तुनिष्ठ,आवश्यक्ता सापेक्षित र स्रोत सापेक्षित भएर योजना निर्माण गर्नुपर्ने धारणा राखे । साथै स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा जान आवश्यक रहेको पनि मन्त्री पौडेलले बताए । उनले भने,‘यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं । तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने त्यो निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपर्यो ।

त्यसकारण यो अप्ठ्याराबीच हामी छौं । तथापी यी अप्ठ्यारालाई चिर्दै योजना वस्तुनिष्ठ ढंगले निर्माण गर्ने आवश्यक्ता सापेक्षित,श्रोत सापेक्षित भएर योजना निर्माण गर्ने र त्यो स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा हामी जानैपर्छ ।’

अर्थमन्त्री विष्णु पौडेल योजना निर्माण र समस्यामा रहेको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]