Blurkart

२३ भाद्र २०८२, सोमबार

कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कवि बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र ?’ कविता संग्रह सार्वजनिक कार्यक्रममा उनले यो कविता संग्रहमा भएको कविताहरु कस्तो नराम्रो जस्तो लाग्न सके पनि त्यसले सबैलाई ऐना देखाउने काम गरेको बताए ।

उनले भने, ‘विसु दाईको यो जुन कविताहरु छन् यसले सबैलाई ऐना देखाएको छ । हामीले कविता पढ्दै गर्दा कस्तो नराम्रो जस्तो लाग्न सक्छ तर त्यसले हामीलाई ऐना देखाउने काम गरेको छ ।’

यस्तै, उनले साहित्यको सबैभन्दा गहिरो र गाह्रो विधा भनेको कविता भएको भन्दै कविता सिर्जना गर्नको लागि गहिरो चेतना भएको दिमाग हुनुपर्ने बताए ।

कविहरुको दिमाग भरिएको हुन्छ तर खल्ती खाली हुने भन्दै कार्यक्रममा उपस्थित सबैले किताब किनेर लान पनि उनले आग्रह गरेका छन् ।

गगन थापा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]