Blurkart

२४ भाद्र २०८२, मंगलबार

रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट लेखजंग थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको कार्यबाहक सभापति डीपी अर्यालले जानकारी दिएका हुन् ।

कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो।
रास्वपाले ७ साउन २१ गतेसम्म रुपन्देही ३ को उम्मेदवारका लागि आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका थिए ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए । रास्वपाले उम्मेदवारको आकांक्षीका लागि २५ हजार शुल्क निर्धारण गरेको थियो।

उपनिर्वाचन रुपन्देही–३
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]