Blurkart

२३ भाद्र २०८२, सोमबार

एमालेभित्रको प्रतिस्पर्धालाई पार्टी फुट्यो भनेर भ्रम फैलाउन मिल्दैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र पहलकदमी आवश्यक रहेको बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसी रिसर्चद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले पार्टीको मजबुतीका लागि लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले पहलकदमी र प्रतिस्पर्धाको बाटोबाट अगाडि जानुपर्छ । पार्टीभित्र र बाहिर पनि प्रतिस्पर्धाको बाटोबाटै जानुपर्छ । यसले सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ ।’
पाण्डेले एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने धारणा भ्रमपूर्ण रहेको दाबी गरे । ‘केही साथीहरूलाई अहिलेपनि एमालेभित्रको प्रतिस्पर्धाले पार्टी फुटेको भन्ने भ्रम छ । तर, वास्तवमा प्रक्रियाबाट हाम्रो एकता भएको हो । अनौपचारिक लेनदेन र सेटिङजस्ता प्रवृत्तिबाट एकता भएको देखिँदा लोकतान्त्रिक अभ्यास कमजोर बन्यो र पार्टी विभाजनको अवस्थामा पुग्यो,’उनले भने ।
कार्यक्रममा उनले अन्य पार्टीबाट आएका व्यक्तिहरूका लागि उमेर हद हटाउने निर्णयबारे पनि चर्चा गरे । ‘हामीले अन्य पार्टीबाट आएका साथीहरूका लागि उमेर हद हटाएका थियौँ। कार्यकालको कुरा पनि उठेको छ । कसैको क्षमता छ भने उसले दुई कार्यकालभित्र सबै काम गर्न सक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने छैन,’ पाण्डेले भने ।
पाण्डेले पार्टीलाई मजबुत बनाउन आन्तरिक लोकतन्त्रको अभ्यास र संस्थागत प्रक्रियामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

एमाले सुरेन्द्र पाण्डे
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]