Blurkart

२४ भाद्र २०८२, मंगलबार

हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्‌नो दल दृढ रहेको बताएका हुन् ।

उनले भने, ‘हामी संस्कारमा सम्भावना खोजिरहेका छौं । हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौं । हामी संविधानका ति पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावनाहरु अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ, यो लोकतन्त्रलाई सुदृढ लोकतन्त्र बनाउन हाम्रो दल दृढ छ ।’

साथै, उनले भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दै नसुनि ९५ दिन प्रतिवादमा खर्च गरिरहेको बताए ।

उनले विरोधका आवाजहरुलाई दमन गरेर सदनभित्र सिर्जनात्मक बहस गर्ने आफूहरुमाथि सदनमा नसकेर बाहिर डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको बताए ।

‘हामी विगत ९५ दिनदेखी आन्दोलनरत छौं । भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध हामी आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दैन । सत्ता पक्षका माननिय ज्यूहरुले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टै समय प्रतिवादमा खर्च गरिरहनु भएको छ । अराजक शैलीसँग मिथ्या आरोपहरु हामी माथि लगाइराख्नु भएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि यो सदनभित्र नसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको छ । म यो शैली, चरित्रको निन्दा गर्न चाहन्छु । विरोधका आवाजहरुलाई दमन गरेर यो शैलीले लोकतन्त्र बलियो बन्न सक्दैन ।’

प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]