Blurkart

२३ भाद्र २०८२, सोमबार

स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा असहज वातावरण बनेको बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधि जारी गरेको छ । सो कार्यविधिले गर्दा परोपकारी संस्थाहरु, स्थानिय सरकार र अन्य संस्थाहरुले एम्बुलेन्स सेवा सञ्चालन गर्न रोक लगाएको छ । लामो समयदेखि नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था छैन । दुरदराजमा सेवा दिएका एम्बुलेन्सहरु चल्न पाएका छैनन् ।’

उनले कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सहरुलाई रोक लगाउँदा अनावश्यक आयातलाई प्रोत्साहन गर्ने समेत बताए ।

‘३ हजारभन्दा बढी एम्बुलेन्स थन्किएका छन् । त्यसका चालकहरु बेरोजगार भएका छन् । कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सहरुलाई पनि सञ्चालन गर्न नदिएकोले अनावश्यक आयातलाई प्रोत्साहन गर्ने देखिएको छ,’ उनले भने ।

नेता शर्माले जताततै आन्दोलन भइरहँदा एम्बुलेन्स सञ्चालकहरु पनि आन्दोलनमा आउन सक्ने बताए ।

जनार्दन शर्मा स्वास्थ्य मन्त्रालय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]