Blurkart

२३ भाद्र २०८२, सोमबार

तराईका जिल्लाहरुमा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दै जनमत पार्टी

जनकपुर । जनमत पार्टीले पश्चिम तराईका विभिन्न जिल्लाहरुमा ‘राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम’ गर्ने भएको छ ।

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले आज एक सूचना जारी गर्दै भदौ ३० देखि असोज ५ गतेसम्म प्रशिक्षण कार्यक्रमको आयोजना हुने जानकारी दिएको छ ।

पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार आयोजना हुने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतको उपस्थिती रहने सूचनामा उल्लेख रहेको छ ।

प्रशिक्षणमा राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका तथा वडा अध्यक्ष र सचिवहरू सहभागी हुनेछन् । यस्तै सहभागी हुनेहरुलाई आआफ्नो समितिमा कम्तीमा ३ पटक भएको बैठकको निर्णय प्रतिलिपीसमेत ल्याउन अनिवार्य गरिएको छ ।

प्रशिक्षण कार्यक्रमको सुरुवात बाँके जिल्लाको क्षेत्र नं. १, २ र ३ बाट हुनेछ । यसैगरी भदौ ३१ गते बर्दिया क्षेत्र नं. १ र २, असोज १ गते कैलाली–कञ्चनपुर(भेटघाट), असोज २ गते नवलपरासी क्षेत्र नं. १ र २, असोज ३ गते रुपन्देही क्षेत्र नं. १ र २, असोज ४ गते रुपन्देही क्षेत्र नं. ३, ४ र ५ तथा असोज ५ गते कपिलवस्तु क्षेत्र नं. १, २ र ३ मा प्रशिक्षण कार्यक्रम तय गरिएको सूचनामा उल्लेख रहेको छ ।

तराई राष्ट्रिय परिषद्
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]