२१ बैशाख २०८२, आइतबार

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवाले बिच भेटवार्ता

काठमाण्डौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बिच बुधबार भेटवार्ता भएको छ ।

नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले उक्त घटना दुखद् भएको भन्दै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकी मित्र भारतसँगै रहेको बताए ।

मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौं देखिको मित्रवत् सम्वन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसँग कुराकानी भएको बताए ।

सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्वन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे । ‘नेपाल–भारतबिचको सम्वन्ध दृढ छ ।’ उनले भने, ‘कुनै पनि विषयले मित्रवत सम्वन्धमा असर पर्दैन ।’

मन्त्री लेखकले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना समेत व्यक्त गरे ।

विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त राखे ।

गृहमन्त्री लेखक भाजपा विदेश विभाग प्रमुख
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]