२१ बैशाख २०८२, आइतबार

देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

देउरानीले जेठानीलाई घरेलु औजार बाउसो प्रहार गर्दा गम्भीर घाइते बनाएकी थिइन् । घाइते दुर्गा ऐडीको टाउँको र अनुहारमा गहिरो चोट लागेको थियो ।

छायांनाथ रारा नगरपालिका १२ लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

उनीहरुका ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइ मध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो ।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।

झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

अहिले घरेलु औजार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]