२३ बैशाख २०८२, मंगलबार

सार्वजनिक बिदामा पनि दुई विद्यालय खुल्ने

रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज (मंगलवार ) पढाउने भएका छन् ।

श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले बिदाको दिनपनि पढाउने भएका हुन ।

मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको हो। तर यी दुई विद्यालयहरुले एक सूचना जारी गरि शिक्षक आन्दोलनका कारण भएको सिकाइ क्षतिलाई पुरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन ।

श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले मधेश प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि विद्यालय यथावत संचालन हुने बताए ।

नेपाल शिक्षक महासघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म गरेको २९ दिने शैक्षिक हडताललाई मध्यनजर गर्दै खोल्ने निणय गरिएको उनले बताए । यी दुई विद्यालयले गरेको निणय प्रती अभिवावक खुसी भएका छन ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]