३० बैशाख २०८२, मंगलबार

नेतृत्व नसच्चिए देश दुर्घटना नजिकः गोपीबहादुर सार्की

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले विगतका सरकारले निरन्तरता दिएको दलितसँग सम्बन्धित कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट हटाइएकोमा असन्तुष्टि जनाउनुभएको छ ।

आईतवार राष्ट्रि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले शक्तिशाली र अधिकार सम्पन्न दलित प्राधिकरण गठन गर्ने दलितसँग सम्बन्धित विषयको बँदा नम्बर २१३ हटाउनु गलत भएको बताउनु भयो । उहाँले सबैतिर आर्थिक समस्या भइरहेको समयमा दलितहरुको परम्परागत सिप र अनुभवलाई संस्थागत गरी पूँजी बजारमा जोड्न सकिने विषय हटाउनु दुःखद् भएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारबाट फर्किएका युवाको सिप, ज्ञान र पुँजी सदुपयोग गरी स्वदेशमा पूँजी निर्माणका बारेमा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बरु विगतका सरकारले ल्याएको कार्यक्रम हटाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रमको बारेमा टिकाटिप्पणी गर्ने क्रममा सत्तापक्षका सांसदहरुले हुबहु ठिक छ भन्नुभएको छ, देशको परिस्थितिलाई मध्य नजर गरेर आएको छ भन्नुभएको छ । र हामी प्रतिपक्षीहरुले कर्मकाण्डीय भनिरहेका छौँ । मलाई के लाग्छ भने विगतका सरकारले गरेका कतिपय राम्रा अभ्यासहरु बजेट तथा नीति कार्यक्रम बन्नु भन्दा अगाडि सदनमा छलफल गर्ने सबै माननीयहरुको धारणा बुझ्ने र त्यसलाई संलेशिति र सैद्धान्तिक गर्ने र पूर्ण बनाएर जाने अभ्यास गरेको थियो त्यो अभ्यास अहिले हटाइएको छ त्यो अभ्यासमा हामी छैनौँ । र विगतका सरकारले मजदुर किसानका विषयमा दलित महिला जनजातीलगायतका विषयमा ल्याएका विषयहरुलाई पनि कटाइएको छ ।

विषेश गरेर दलितको विषय बुँदा नम्बर २१३ मा थियो शक्तिशाली र अधिकार सम्पन्न प्राधिकरण गठन गर्ने र दलितहरुको सीप ज्ञान र परम्परागत खालका अनुभवहरुसहितलाई संस्थागत गरी पुँजीबजारमा जोड्ने भन्ने विषय यहाँ हटाइएको छ । युवा लक्षित विशेष गरी वैदेशिक रोजगारमा गएका युवाहरुको श्रम, सिप, ज्ञान र पूँजीको सदुपयोग गर्ने र नेपालमै पुँजी निर्माणको वातावरण बनाउने हिसाबले विगतका सरकारले ल्याएको केही प्रावधानहरु थिए त्यो पनि हटाइएको छ ।’
राष्ट्रिय सभा सदस्य सार्कीले सरकारको नेतृत्वप्रति जनताले हेर्न दृष्टिकोण नकारात्मक रहेको भन्दै नसच्याउने हो भने देश दुर्घटनाको नजिक भएको बताउनु भयो । देशमा आउनसक्ने सम्भावित जटिल परिस्थितिबाट बचाउन सबै राजनीति दलहरुले छलफल गरी समझदारी कायम गर्नुपर्ने उहाँको भनाइ छ ।

गोपीबहादुर सार्की
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]