१२ जेठ २०८२, आइतबार

जनविरोधी क्रियाकलापहरु नगर्न पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिनुभएको छ । रोल…कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो । उहाँले अहिलेका आन्दोलनहरु केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गर्नुभयो । उहाँले पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा हुनुभएको बताउँदै पूर्वराजा शाहले गर्नुभएको कामहरु पनि देखेको बताउनु भयो । कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन ।

यि ट्वार ट्वारहरु अलिक समयका ट्वार ट्वार टुर टुर हुन् । पछि आफैँ समाप्त हुन्छन् । हामीले पहिला पनि देखेका हौँ । अढाइ सय वर्षदेखि देखेका हौँ । अढाइ सय वर्षमा केके भए । म त्यतापट्टि जान चाहन्न । हामीले देखेका हौँ राजतन्त्र । त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका छौँ ।

तीन वर्ष शासन हातमा पार्दा कानमा घुसेको कन्सुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै । कानमा कन्सुत्लो परेर चिथर्‍यो भने कस्तो हुन्छ कान ? तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नपर्‍यो । खालि हातका जनता १९ दिन सडकमा उत्रिनुपर्‍यो । १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकाएको हो ।

फेरि पनि कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउनेछ । त्यस्ता चेष्टा नगर्न चेतावनी दिन चाहन्छु ।’बाइट…केपी शर्मा ओली, प्रधानमन्त्रीप्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताउनु भयो ।

प्रधानमन्त्री ओलीको चेतावनी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]