०५ साउन २०८२, सोमबार

सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहोरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी गराए ।

प्रधानमन्त्री ओलीले सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने भन्दै त्यसका लागि राष्ट्रियसभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिस्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गरे । प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै शेर्पाहरुले माथि लगिदिइहाल्छन् भने जसले पनि आरोहण गर्ने खालको सोचेर सगरमाथा आरोहणलाई त्यति हल्का पनि बनाउन नहुने बताए ।

स्वदेश र विदेशका कीर्तिमानी आरोहीलाई सम्मान गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत उपस्थित थिए ।

सफा राख्ने प्रयास
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]