०५ साउन २०८२, सोमबार

पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने

रौतहट । रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधवार आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।


यो सगै आलमका समर्थकहरुले खुसीमा पट्का पडएका छन भने पीडितहरू भने असन्तुष्ट बनेका छन् ।२२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उच्च अदालत वीरगंज इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताए ।


तर आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि छुट्टने दिन नै साँझ नाराबाजी जुलुससहित पटका पडकाएका हुन । पूर्वसांसद आलमका भाइ मोहम्मद महताद आलम गौर कारागारबाट छुटेपछि समर्थकहरुले फुलमाला लगाइए दिएका थिए ।सो क्रममा आलमले प्रतिक्रिया दिंदै सत्यको विजय भएको बताए । यसअघि पनि र अहिले पनि अदालतको फैसलाको सम्मान गर्दै आएको उनले बताए ।


पूर्वसांसद मोहम्मद आफताब आलम रिहाई भएपनि शनिबार (भोलि)रौतहट आउने तय भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए ।उनी हवाइमार्ग हुँदै सिमरा आउने र त्यहाँवाट समर्थकका साथ गाउँ आउने तय भएको उनले जानकारी दिए ।
पूर्वसांसद आलमको गाउँमा भव्य स्वागत गर्ने तयारी गरिएको उनले बताए । ०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब

आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि जेलमा थिए ।५ बर्ष ८ महिना ८दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासँगै निर्दोष साबित भएका थिए ।

भव्य स्वागत गरिने
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]