०५ साउन २०८२, सोमबार

विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छः सभापति देउवा

कांठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् । बुधबार नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागले बुधबार सानेपामा आयोजना गरेको कार्यक्रममा उनले विभेदका अवशेषहरू अझै रहेको भन्दै त्यसलाई पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहेको बताएका हुन् ।


उनले वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ लाग्नु पर्ने पनि धारणा राखे । सभापति देउवाले दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ–संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारू ढंगले विभेदविरुद्ध आवाज वुलन्द गर्ने र राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्ने बताए ।


कार्यक्रममा बोल्दै उनले २०४९ सालमा मुलुकी ऐन संशोधन गरी जातीय भेदभाव र छुवाछुतको व्यवहारलाई दण्डनीय बनाएको पनि बताएका छन् । उनले आफू नेतृत्वको कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याएको र २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरेको समेत बताए ।


उनले ‘ संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको छ । विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील रहँदै आईरहेको छ र लागिरहने छ । अहिलेका यी वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्नेतर्फ लाग्नु पर्ने देखिएका छन्, साथै दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापना भएका विभिन्न संघ–संगठन र विशेष गरेर नेपाल दलित संघले जुझारू ढंगले विभेदविरुद्ध आवाज वुलन्द गर्ने र राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्ने हुन्छ ।


२०४९ सालमा मुलुकी ऐन संशोधन गरी जातीय भेदभाव र छुवाछुतको व्यवहारलाई दण्डनीय बनाएको छ । मेरो नेतृत्वको कांग्रेसको सरकारले २०५२ सालमै दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याएको र २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरेको थियो । धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनु पर्ने किसिमका विभेदका घटनाहरू भोग्नु परेको देख्दा र सुन्दा अत्यन्तै पीडाबोध हुने उनले सुनाए ।

विभेदका अवशेषहरू
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]