०५ साउन २०८२, सोमबार

माधवजीविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा दर्ता गरेको दाबी गरेका छन् ।

शुक्रबार बसेको संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको आरोप लगाए ।
उनले भने माधवजीको विषयमा माधवजी नै आश्चर्य छु भन्नुभएको छ । अदालतप्रति माधवजीले भरोसा छ । अदालतले न्याय गर्छ म छिटै सफाई पाएर फर्कन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । तर यसमा प्रधानमन्त्रीजीको राजनीति प्रतिशोधको गन्ध त आएको छ । र अख्तियारले पनि कतै न कतै गम्भिर प्रश्न जन्माएको छ ।’

त्यस्तै प्रतिपक्ष दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको पनि जानकारी गराए । भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाल मुद्दा दर्ता
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]