०५ साउन २०८२, सोमबार

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ३९ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३७ रुपैयाँ, भारतीय आलु रातो ३२ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ३८ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्य तरकारीहरूमा गाजर (लोकल) ४५ रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, र भन्टा लाम्चो १५ रुपैयाँ र भान्टा डल्लो २५ रुपैयाँ किलो रहेको छ ।
तनेबोडीको मूल्य प्रतिकिलो ४० रुपैयाँ, मकैबोडी प्रतिकिलो ६० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, र घिउ सिमी (लोकल) ४० रुपैयाँ कायम भएको छ । तीतो करेला ४० रुपैयाँ, लौका २० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ३५ रुपैयाँ, र भिण्डी ३०, पिंडालू १०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै रायोसाग २० रुपैयाँ, पालुङ्गो साग ३० रुपैयाँ रहेको छ । प्याज हरियो ४० रुपैयाँ रहेको छ । च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, र कुरिलो २०० रुपैयाँमा उपलब्ध हुनेछ ।
फलफूलतर्फ, स्याउ (झोले) २३० रुपैयाँ, स्याउ (फुजी) २४० रुपैयाँ, र केरा (दर्जन) १४० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, र आँप (मालदह) ५५ रुपैयाँ, आँप (दसहरी) ६५ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २०० रुपैयाँ, अङ्गुर (कालो) ३००, तरबुजा (हरियो) ३० रुपैयाँ, र भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १२० रुपैयाँ र लिची (भारतीय) २०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

तरकारी फलफूल मूल्य
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]