०५ साउन २०८२, सोमबार

समाजवादी पार्टी निर्माणको आवश्यक्ता र औचित्यबारे प्रशिक्षण दिँदै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी मुलुक निर्माण आफूहरुको लक्ष्य रहेको बताएका छन् ।

बस्नेतले कांग्रेस कम्युनिष्टबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पंक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको बताएका हुन् । पार्टी सङ्गठन सुदृढ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जसपा नेपालले सङ्गठन रहेको अधिकांश पार्टी समितिको अधिवेशन सम्पन्न गरिसकेको र अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्यहरु सहितका पार्टी सदस्यहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले मुलुकमा समाजवादी पार्टी निर्माणको आवश्यकता र औचित्यबारे प्रशिक्षण दिइरहेको बस्नेतले बताए ।

उनले भने, ‘विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीहरुको सङ्गठन निर्माण र परिचालनका साथै अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरुसँग भाइचारा सम्बन्ध विस्तार गरी पार्टीलाई थप सुदृढ गर्दै लगिएको छ । समाजवादी पार्टीको नेतृत्वमा समाजवादी मुलुक निर्माण हाम्रो लक्ष्य हो ।’

उपेन्द्र यादव जसपा नेपाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]