०५ साउन २०८२, सोमबार

चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’

एजेन्सी । ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ ।

चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो परिकार बढी रुचाइन्छ । पूर्वी चीनको फुझोउ शहरमा यो परिकारका लागि लोकप्रिय छ । बरफको चिसोमा तयार गरिने भात सामान्यतया ताजा फलफूल, कुरकुरे, बदाम, जेलोका टुक्राहरू र दूधमा घोलिएको हुन्छ। गर्मी महिनामा यसको राम्रो व्यापार हुन्छ ।

स्थानीय व्यापारी गाओ यानकिङले २५ वर्षभन्दा बढी समयदेखि उक्त परिकार बेच्दै आएको र दैनिक सयौं कचौरा विक्री गर्ने गरेको सुनाउछन् । ‘गर्मीमा, म सामान्यतया दिनमा लगभग १,५०० कचौरा बेच्छु। यसका लागि ग्राहकहरूले कम्तिमा आधा घण्टा लाइनमा बस्नुपर्छ,’ उनले भने ।

गर्मीका रातहरूमा आफ्नै कचौरा लिएर पनि सयौं ग्राहकहरु प्रतिक्षा गर्ने गरेका छन् । वार्षिक आयोजना गरिने आइस राइस फेस्टिवलले पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ ।
वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् । (सीसीटीभीप्लस)

आइस राइस चीन बरफको भात
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]