Blurkart

२४ भाद्र २०८२, मंगलबार

अमेरिकाले भारतीय बस्तुमा आजदेखि ५० प्रतिशत कर लगायो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भारतबाट आयात हुने बस्तुमा आजदेखि ५० प्रतिशत कर लगाएको छ । अमेरिकी सरकारले भारतीय सामान आयातमा २७ अगस्ट बिहान साढे ९ बजेदेखि थप २५ प्रतिशत अतिरिक्त कर लगाउन सुचना जारी गरेको छ । यस अघि अमेरिकाले भारतीय बस्तु आयातमा २५ प्रतिशत कर लगाउँदै आएको थियो ।

अमेरिकाले भारतबाट आयात हुने कपडा, गहना, छाला उत्पादन, मेसिनरी, फर्निचर र सामुद्रिक वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउँदै कुल ५० प्रतिशत शुल्क असुल्ने घोषणा गरेको छ । औषधि, इस्पात, तामा, एल्युमिनियम र यात्रुवाहक सवारी साधनमा भने यो अतिरिक्त शुल्क लागू हुनेछैन ।

यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट ६ मा जारी कार्यकारी आदेशअनुसार भारतले रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ खरिद गरिरहेको आरोपमा लिइएको हो ।
भारतीय उद्योगी र निर्यातकर्ताले अमेरिकाको कदमले निर्यातमा ठूलो ह्रास ल्याउने र नाफामा प्रत्यक्ष असर पार्ने बताएका छन् ।

भारतको वाणिज्य मन्त्रालयले निर्यातकर्तालाई जोगाउन उपाय गर्ने आश्वासन दिएको छ, तर अहिलेसम्म अमेरिकाविरुद्ध प्रतिशोधात्मक कदम उठाएको छैन ।प्रधानमन्त्री नरेन्द्र मोदीले दबाब सहँदै पनि किसान र साना व्यवसायीलाई हानी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

रिजर्भ बैंकका गर्भनरले शुल्कको समग्र अर्थतन्त्रमा न्यून प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् भने विदेशमन्त्री एस. जयशंकरले ट्रम्पको कदमलाई “अन्यायपूर्ण र अव्यावहारिक” भन्दै कुनै सम्झौता नगर्ने अडान दोहोर्याएका छन् ।

अमेरिकाले भारतबाट आयात हुने आजदेखि ५० प्रतिशत कर लगाएको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]