Blurkart

२४ भाद्र २०८२, मंगलबार

इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु

काठमाडौं । हुथी समर्थित सरकारका प्रधानमन्त्री अहमद गालेब अल–रहावीसहित मन्त्रीहरु बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि भएपछि यमनवासीहरु आक्रोशित बनेका छन् ।
यमनवासीहरुले आफ्नो देशको सार्वभौमिकता जोगाउने र युद्धग्रस्त गाजालाई समर्थन गर्ने अठोट व्यक्त गरेका छन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार राति विज्ञप्ति जारी गर्दै बिहीबार सानामा उच्च तहका हुथी नेताहरु भेला भएको स्थलमा आक्रमण गरिएको जनाएको छ । उक्त भेलामा प्रधानमन्त्री रहावीसहित वरिष्ठ हुथी नेताहरु सहभागी रहेको बताइएको छ ।

इजरायली रक्षा मन्त्री इस्रायल काट्जले आक्रमणपछि वक्तव्य जारी गर्दै हुथी नेतृत्वमाथि “अभूतपूर्व प्रहार” गरिएको दाबी गरेका छन् । उनले यसलाई “सुरुआत मात्र” भएको चेतावनी पनि दिए ।

यस्तो कठोर आक्रमणबीच यमनका उप–सूचना मन्त्री मोहम्मद मन्सुरले भने, “प्रधानमन्त्री रहावी र मन्त्रीहरुको निधन ठूलो क्षति हो तर हामीले देशको रक्षा गर्ने निर्णय गरिसकेका छौँ । हाम्रो गाजाप्रतिको समर्थन नै यमनको सार्वभौमिकता जोगाउने अंश हो,” उनले भने ।

हुथी समूहले सन् २०२३ नोभेम्बरदेखि इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । इजरायलले तीमध्ये धेरै अवरोध गरेको छ भने जवाफी रूपमा साना र होडेडाहजस्ता हुथी नियन्त्रणमा रहेका सहरमा आक्रमण गर्दै आएको छ ।

सानाका बासिन्दाले प्रधानमन्त्रीको हत्या भएको घटनाले आफूहरुको गाजाप्रतिको समर्थन झन् मजबुत बनाएको बताएका छन् । स्थानीय वासिन्दा अमिन अल–जाफारीले भने, “प्रधानमन्त्री र मन्त्रीहरुको हत्या भएको घटनाले हामीलाई अझै दृढ बनाएको छ । गाजा हाम्रो आत्मा हो, हामी पछि हट्दैनौं ।”

माअिन ओबेद नामक अर्को वासिन्दाले भने, “यो पीडादायी छ तर यसले हाम्रो संकल्प तोड्दैन । गाजा असफल भए हामी अरबको अस्तित्व नै हराउँछौं ।”
सीसीटीभी

आक्रमण इजराय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]