Blurkart

२४ भाद्र २०८२, मंगलबार

जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस

बाजुरा । जिल्ला कारागार बाजुराको भवनको पुनः निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो।

जीर्ण भएको कारागार भवनमा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिएका छन । कैदीबन्दीहरुलाई राख्नको लागी अन्य ठाउँको उचित व्यवस्थापन नभएका कारण जीर्ण भवनमा कैदीबन्दी राख्नु परेको कारागारका प्रशासक अनिल कुमार तिवारीले बताए।

उनका अनुसार कारागारको क्षमता २५ जनाको भए पनि अहिले ६५ जना कैदीबन्दी राखिएको छ । कैदीको सङ्ख्या बढ्दै जाँदा जीर्ण भवनमा कैदीबन्दीको व्यवस्थापनमा सकस भएको तिवारीको भनाइ छ।

२०३७ सालमा निर्माण भएको बाजुराको कारागार भवन झण्डै ४५ वर्ष पुगिसक्दा पनि नयाँ भवनको रुपमा विस्तार हुन सकेको छैन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा अहिले उनीहरुलाई सुत्न र बस्न निकै समस्या हुने गरेको छ । त्यति मात्र नभई क्वार्टर समेत नहुँदा सुरक्षाकर्मीलाई समेत समस्या हुने गरेको छ ।

कैदीबन्दीहरु राखिएको भवनमा भुकम्प तथा अन्य बिपतको बेला बस्न लाएक नहुने गरेको कारागारमा बस्दै आएका कैदीबन्दीको गुनासो रहेको छ । सुदूरपश्चिमका ९ वटा कारागारमा जम्मा ६३२ जना कैदी राख्ने क्षमता भए पनि कुनै ठाँउमा भवनको अवस्था जीर्ण रहे पनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्ने अवस्था छ ।

तिवारीका अनुसार कारगारको नयाँ भवनका लागि टेन्डर खुलाइसकेकोले छिट्टै नयाँ भवन निर्माणको काम थालनी हुने बताएका छन्। नयाँ भवन निर्माण भएपश्चात कैदीबन्दीहरुलाई सहज रुपमा व्यवस्थापन गर्न सकिने उनले बताएका छन्।

कैदीबन्दी जिल्ला कारागार बाजुरा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]