Blurkart

२४ भाद्र २०८२, मंगलबार

शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रकियामा जानुपर्छ : अध्यक्ष सुवेदी

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले स्थानीय तहका जनप्रतिनिधिले ऐन कानुन विपरित प्रधानाध्यापक नियुक्त गरेको बताएका छन् ।

बुधबार शिक्षा पत्रकार समुहको शिक्षा बहसमा बोल्दै उनले कानुनको नजरमा सबै नागरिक बराबर भएकाले त्यहि ढंगले कानुन तर्जुमा गर्नुपर्ने भन्दै शिक्षक सेवा आयोगले प्रधानाध्यापक छनोट प्रकियामा जानुपर्ने बताए ।

उनले भने, ‘एउटै अभ्यासमा एउटै फ्रेममा जानुपर्छ । संघीयता भनेको त्यसरी हामीले बुझ्न हुँदैन । कानुनको नजरमा सबै नागरिक बराबर हुन् । त्यहि ढंगले कानुन तर्जुमा गर्नुपर्छ भन्ने लाग्छ । अहिले त्यसमा केहि सुधार आएको छ । प्रधानाध्यापक पनि अहिले स्थानीय तहका जनप्रतिनिधिहरुले सिनियर शिक्षकहरुलाई निरुत्साहित गरेर एकदमै जुनियर ऐन कानुनको विपरित प्रधानाध्यापक नियुक्त गरेको देखियो । त्यसैले प्रधानाध्यापक शिक्षक सेवा आयोगले छानिने प्रकियामा जाऔँ । त्यसो गर्यो भने निष्पक्ष हुन्छ । शिक्षक सेवा आयोगबाट छानिने भनेता पनि तर छानिने युनिट प्रदेश राखिदिनुपर्छ ।’

त्यस्तै उनले ‘अभिभावकले चुनेको अध्यक्ष अभिभावकको बाहुल्य’ आफूहरुले भनिरहेको भन्दै त्यहाँ राजनीति गर्न नमिल्ने धारणा राखे । एसएलसीको कम्पोजिसनमा पनि आफूहरुको विमति रहेको उनको भनाई छ ।

त्यस्तै, शिक्षाविद् विद्यानाथ कोइरालाले आम्दानीको ६० प्रतिशत कर्मचारीलाई दिने २० प्रतिशत स्कुलको खर्चमा हाल्ने र २० प्रतिशत खल्तिमा राख्न सुझाव दिए । नाफाको प्रतिशत कम राख्ने मात्र हो भने पनि समस्याको समाधान सजिलै हुने उनको भनाई छ ।

‘गैर नाफा मुलकलाई के गर्ने भन्ने कुरा ल्याउनु भएको छ । २०७४ सालको शिक्षा आयोगले ल्याएको प्रतिवेदन छ । त्यो २०७५ सालको शिक्षा आयोगको प्रतिवेदनमा त्यो अनुसूचि टाँसिएको छ । त्यसलाई नियाल्ने हो भने ६० प्रतिशत आम्दानीको कर्मचारीलाई दिनुस् २० प्रतिशत स्कुलको खर्चमा हाल्नुस् र २० प्रतिशत खल्तिमा हाल्नुस् भनेका छौँ । नाफा कति प्रतिशत हाल्ने भनेर हेर्ने हो भने समस्याको समाधान सजिलै छ । कोही डराउनुपर्ने लाज मान्नुपर्ने अवस्था छैन । किनकी निजी र सरकारीको सहकार्य भएको छ,’ उनले भने ।

प्रधानाध्यापक शिक्षक सेवा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]