२८ बैशाख २०८२, आइतबार

“जनमतमा सरुवा काण्ड: अखिल (क्रान्तिकारी)का नेता रंजित मण्डल भन्छन्, ‘भ्रष्टाचारको नयाँ अध्याय’

मधेशमा योजना खरिदबिक्रीका कारण आलोचित बनेका जनमत पार्टीका नेताहरूले सरुवाबढुवा गराइदिने नाममा पनि एउटै कर्मचारीसँग २५ लाखसम्म रकम उठाउने गरेको तथ्य फेला परेको छ ।
यसैबीच, पूर्व अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रञ्जित मण्डलले पार्टीभित्रको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भने, “जनमत पार्टी सुधारको नाममा बनेको भए पनि अहिले यथार्थमा भ्रष्टाचारको केन्द्र बन्दै गएको छ। जनता परिवर्तनको अपेक्षामा थिए, तर यहाँ त पुरानै अभ्यासलाई अझ संस्थागत रूपमा अगाडि बढाइएको छ।”

उनले थप भने, “सरकारप्रति आक्रोश बटुलेर बनेको दलमा यति चाँडै यस्ता चरम आरोप लाग्नु दुःखद हो। यसको निष्पक्ष छानबिन हुनु अनिवार्य छ, र दोषीलाई कानूनी दायरामा ल्याइनुपर्छ।”

पार्टी नेतृत्वले भने हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

रञ्जित मण्डल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]