२८ बैशाख २०८२, आइतबार

यथास्थिति भत्काएर रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाँदै छौँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरु अघि बढिरहेको उल्लेख गर्नुभयो । चुनौतिका बिरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उहाँको जिकिर छ । अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुबिरुद्ध घेराबन्दी गर्ने, भ्रमहरु छर्ने काममा लागेको आरोप लगाउनु भयो । उहाँले नेताहरुलाई देवत्वकरण गर्न नहुने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेताहरुप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भनेपनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने त झन गलत हुन्छ । प्रत्येक पार्टी र नेताहरुका पनि सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । महान लेनिनले भनेको झैँः सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन । कुनै पार्टी पनि जन्मिएको छैन । जन्मिदा पनि जन्मिदैन । सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ । त्यसलाई नै इतिहासले महान भन्छ । त्यसलाई नै जनताले आदर्शका रुपमा हेर्दछन् । अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतिहरु हाम्रो अगाडि यतिबेला छन् । हामी ति चुनौतिका बिरुद्ध लड्ने संकल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ । हामीले यसो गर्न खोजे बापत् प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो बिरुद्ध घेराबन्दी गर्ने, हाम्रा बिरुद्ध भ्रमहरु छर्ने, अनेक किसिमको षड्यन्त्रहरु भएका छन् । यो स्वभाविक रुपले भइ पनि राख्छन् ।’

अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

अध्यक्ष दाहाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]