Blurkart

२२ भाद्र २०८२, आइतबार

महोत्तरीमा दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।

बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो ।

मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।

विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए ।

आक्रोसित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि नजिकको प्रहरी चौकीका प्रहरी अधिकारीहरु विद्यालय पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

यता, दर्जनौ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकहरुले आफ्ना बच्चाहरुलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।

दिवा खाजामा छेपारो फेला पिपरा गाउँपालिका महोत्तरी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]