
४ जेठ, काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।
सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । तर, परिमाणबारे खुलाएनन् ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।
विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ ।
नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।
रसुवा सुन