११ जेठ २०८२, शनिबार

लगातार छैटौं दिन घट्यो सेयर बजार, पुनर्बीमामा आकर्षण

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । आजसहित लगातार छैटौं दिन सेयर बजार घटेको हो ।

बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० करोडको भयो । १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज अन्य समूह सबैभन्दा धेरै ४.१९ प्रतिशत बढेको छ । यो समूहमा रहेका दुई कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरमा बढ्दा समग्र समूह बढेको हो । अन्य समूहका ६ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने दुईको मात्रै घट्यो ।

त्यस्तै माइक्रोफाइनान्स १.२२ र होटल तथा पर्यटन १.११ प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.६८ प्रतिशत घट्यो । निर्जीवन बीमा ०.८८, उत्पादन ०.३४, जीवन बीमा ०.६७, लगानी ०.२७, हाइड्रोपावर १.३६, फाइनान्स ०.४७, विकास बैंक २.२२ र बैंकिङ ०.१४ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै विन नेपाल लघुवित्तको ९.५३, नेपाल पुनर्बीमाको ८.४१, बाराही हाइड्रोपावरको ७.३२, स्वाभिमान लघुवित्तको ६.९८, ओरियन्टल होटलको ६ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७१, नेपाल माइक्रोइन्स्योरेन्सको ७.५३, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४, क्रेस्ट माइक्रोइन्स्योरेन्सको ६.८६ र युनिभर्सल पावरको ६.१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

सेयर बजार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]