०५ साउन २०८२, सोमबार

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।अर्थमन्त्री पौडेलले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए । उनले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान रहेको बताए ।

उनले भने, ‘यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६८ प्रतिशत रहने अनुमान छ ।प्रदेशगत रुपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको अर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।’

साथै उनले कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान गरिएको बताए ।उनले भने, ‘यस अवधिमा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । ’

आर्थिक वर्षमा अर्थतन्त्रको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]