०५ साउन २०८२, सोमबार

देश दलदलमा फस्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ; प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश दलदलमा फस्दै गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिले देशको अर्थतन्त्र डामाडोल, सामाजिक सद्भाव भद्रगोल र युवाहरुको भविष्य अन्यौंल अवस्थामा रहेको भन्दै देश दलदलमा फस्दै गएको बताए ।
उनले नेताहरुको सबै प्रयासहरु क्रमशः असफल भइरहेको र जनतालाई सेवा दिनुको साटो दलका नेताहरु तमासा देखाइरहेको बताए ।

‘अहिलेका हाम्रा पार्टीका प्रमुख स्वघोषित राजाहरुलाई, अब तपाईँहरुको सबै प्रयासहरु असफल भयो । अब देशलाई निकास दिनुस् । तपाईँहरु फेरि जिद्दि गर्नुहुन्छ भने जनतालाई स्वीकार्य छैन । अब देशलाई चाहिएको छ निकास । त्यो भनेको अन्तरीम सरकार । प्रधानमन्त्रीजीलाई म भन्न चाहन्छु– तपाईँहरुले सबै प्रयास गर्नुभयो । काहीँ दुनियाँमा नभएको अभ्यास गर्नुभयो । न्यायाधीशलाई सरकार प्रमुख बनाउनुभयो ।

विपरीत जनादेश पाएको अपवित्र गठबन्धन बनाउनुभयो । समस्यामात्रै सिर्जना गर्नुभयो,’साहले भने, ‘फेरि पनि म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– राजीनामा दिनुस् । यो सडकमा तमासा गरेर तपाईँले सुख पाउने आवस्था छैन । तपाईँले राजीनामा दिनुहुन्छ भने जनता र देशले शान्ति पाउनेछन् । अन्तरीम सरकारमात्रै अहिलेको निकास हो भन्ने म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले देशको व्यवस्था परिवर्तनका लागि आफूले जनयुद्ध र जनआन्दोलनका क्रमम अग्रभागमा रहेर लडेको स्मरण गराउँदै पछिल्लो समय सबै कुरामा धोका भएको बताए ।
आफू लोकतन्त्रका लागि लडेको भएपनि त्यसलाई नेताहरुले दलतन्त्र बनाएको, संघीयताको लागि लडेकोमा ७६१ वटा सरकार बनाएर दुनियाँमा कतै नभएको काम गरिएको उनको आरोप छ ।
यस्तै, उनले देशमा अहिले गणतन्त्र नभएर दलतन्त्र हाबी भइरहेको भन्दै गणतन्त्र नेपालमा देखाउने दाँतमात्रै भएको बताए ।

नेपालका ठूला भनिएका नेताहरुको सन्तान भने विदेश पठाएको र भएभरको सम्पत्ति उतै थुपारेको र केही नलागेपछि अब उनीहरु पनि विदेशतिरै जान तम्तयार भएर बसिरहेको उनले बताए ।
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै हालतमा गणतन्त्रवादी हुनै नसक्ने पनि उनको भनाई छ ।
कार्यक्रममा अर्थविद् प्राडा गोपीलाल न्यौपानेले मुलुक गणतन्त्रबाट बाहिर जान नसक्ने बताए । उनले हजारौंको बलिदानीबाट आएको गणतन्त्र सडकमा दुई चार जनाले सडकमा नाराबाजी गर्दैमा कतै पनि नजाने दाबी गरे ।

देश दलदलमा प्रभु साह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]