०५ साउन २०८२, सोमबार

सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपा कार्यसम्पादन समितिको बैठकले आन्दोलनलाई निरन्तरता राख्ने निर्णय गरेको छ ।शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले आगामी कार्यक्रमहरु अझै मजबुत तरिकाले अगाडि बढाउने गरि बैठकमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो । आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ । शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो ।’साथै उनले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको स्पष्ट देखिएको उनले बताए । उनले निषेधित क्षेत्र तोकेर सरकार

कमजोर भयो भन्ने कुराको प्रमाणीत गरेको समेत बताए । उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको र सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । निषेधित क्षेत्र तोक्यो भनेर दुःखी हुनुभन्दा पनि हामीलाई यसले उत्साहित तुल्याएको छ ।’

आन्दोलनदेखि डराएको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]