०५ साउन २०८२, सोमबार

भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् । विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा एमाले गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको पाँचबुँदे प्रस्तावबारे छलफल अघि बढिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेताले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग समेत वार्ता गरेका छन् । छलफलको मूल बिन्दु छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा अझै निर्णयमा पुग्न सकेको छैन,’ उनले भने ।

उनले रास्वपा लचक नहुने भन्दै छानबिन संसदको कुनै विशेष समितिबाट नै गरिनुपर्ने बताए । ‘रास्वपाले प्रस्तावमा उल्लेख गरिएका बुँदाहरूभन्दा बढी लचक हुने अवस्था नरहेको स्पष्ट पारेको छ । यसैबीच माओवादी केन्द्र र नेकपा एमालेबीच मुद्दा गम्भीर रहेको र यसलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको छ ।

माओवादी केन्द्रले यो विषयलाई गम्भीर ढंगले हेर्नुपर्ने र न्याय हुने ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएको । पार्टीको धारणा अनुसार छानबिन कुनै विशेष समितिबाट नै गरिनुपर्ने र त्यसको लागि निश्चित तिथि र प्रक्रिया तोक्नुपर्ने हुन्छ,’ उनले भने ।
उनले प्रमुख तीन दलहरूले यो विषयको गम्भीरता बुझ्न जरुरी रहेको धारणा राखे ।

भिजिट भिसा प्रकरणका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]