०२ भाद्र २०८२, सोमबार

शिक्षकहरूको सेवा प्रवेश उमेरहद ४० वर्ष बनाउन माग

काठमाडौँ। संसद्‌मा छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरूको सेवा प्रवेश उमेरहद ४० वर्ष कायम गर्न सरोकारवालाहरूले माग गरेका छन् ।

४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम हुनुपर्ने मागसहित राष्ट्रिय सङ्घर्ष समितिले शिक्षा समितिलाई ध्यानाकर्षपत्र बुझाएको छ ।
आइतबार समितिका संयोजक भक्तबहादुर बुढा र सहसंयोजक गोविन्द भण्डारीले समितिलाई बुझाएको ध्यानाकर्षण पत्रमा उमेरहद ४० वर्ष तथा प्रावि र निमावि अर्थात आधारभूत तहमा प्लस २ सहित शैक्षिक योग्यता प्रमुख रूपमा समावेश नगरी विधेयक अधि बढाएकोमा आपत्ति जनाइएको छ ।

समितिले आफूहरूले उठाएका मुद्दा विगतमा नेपाल सरकारसँग समेत सम्झौता भइसकेकाले सरकारलाई विगतका सम्झौता पन्छाउने छुट नभएको जनाएको छ ।

‘समग्रमा हामीले उठाएका विषय राष्ट्रिय मुद्दा र युवाका माग भएकोले यस विषयलाई खेलाँची नसम्झन युवालाई कम सोच्ने विदेशी इसारामा युवा लखेट्ने अभ्यास जालसाजी नगर्न र यी विषयलाई गम्भिरतापूर्वक लिएर संविधानको धारा १७,३३, ३४ अनुसार सबै नेपाली नागरिकले पाउने हक र पहिले पाएका तपसिल कानुनी अधिकारका विषयले हालको संविधानलाई असर नगर्ने स्पष्ट हुन अनुरोध गर्दछौ’, समितिले भनेको छ ।

उमेरहद ४० वर्ष
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]