०५ साउन २०८२, सोमबार

नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम

सप्तरी । नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।भाष्कर–तेजश्री स्मृति प्रतिष्ठान नसर्ने रोग रोकथाम, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि निरन्तर क्रियाशील संस्था हो ।

विशेष गरी प्रतिष्ठानले स्कुले शिक्षक र विद्यार्थीलाई नसर्ने रोग रोकथाम, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि जागरूक गराउन सके समाजलाई नै जागरूक गराउन सकिन्छ भन्ने उद्देश्यले पालिकासँगको सहकार्यमा स्कुले शिक्षकलाई प्रशिक्षण दिँदै आएको छ र शिक्षकमार्फत विद्यार्थीलाई जागरूक गराउँदै आएको छ ।

सोही अवसरमा यो पटक सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका सबै सामुदायिक विद्यालयका कक्षा ४–८ मा स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने शिक्षक शिक्षिकाहरू र विद्यालय नर्सलाई नसर्ने रोग रोकथाम र सामाजिक अध्ययन र मानव मूल्य शिक्षा विषय अध्यापन गर्ने शिक्षक शिक्षिकाहरूलाई लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि प्रशिक्षित गरेको थियो ।

शिक्षक प्रशिक्षण कार्यक्रममा नसर्ने रोग, लैङ्गिक विभेद र यौन दुव्र्यवहारका जोखिमहरूको रोकथाम गर्न अनुसन्धान–प्रमाणित विशेष र टिप्स शैक्षिक पाठयोजना मोड्युलहरू प्रयोग गरी सबै सामुदायिक विद्यालयका शिक्षक–शिक्षिका र विद्यालय नर्सलाई प्रशिक्षण गरिएको थियो ।

शिक्षक प्रशिक्षण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण कुमार मण्डलले नसर्ने रोगबाट बच्न, लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न तालिमले सकारात्मक परिवर्तन ल्याउन विद्यालयहरूको महत्वपूर्ण भूमिका हुने बताए । उनले सहभागीहरूलाई तालिमको क्रममा प्राप्त गरेको सबै ज्ञान र सीप आफ्ना विद्यार्थीहरूलाई हस्तान्तरण गर्न आग्रह गरे ।

शिक्षा शाखा प्रमुख चन्द्रभुषण रायले तिलाठी कोइलाडी गाउँपालिकाको लागि शिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेकोमा भाष्कर तेजश्री स्मृति प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे । शिक्षक प्रशिक्षण कार्यक्रमबाट स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला अध्यापन गर्ने शिक्षकहरु २९, विद्यालय नर्स १, सामाजिक अध्ययन र मानव मूल्य शिक्षा विषय अध्यापन गर्ने शिक्षकहरु २७ जना गरी जम्मा ५७ जनाले शिक्षक प्रशिक्षण तालिम लिएका थिए ।

भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले यसअघि झापा जिल्लाको विर्तामोड नगरपालिकामा ३७ जना र जुम्लाको चन्दननाथ नगरपालिकामा २९ जना शिक्षकहरूलाई यस्तै तालिम प्रदान गरिसकेको जनाएको छ । तालिमहरूले शिक्षकहरूको शिक्षण क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । तालिम सातै प्रदेशमा छानोट भएका स्थानीय तहमा सञ्चालन हुने प्रतिष्ठानका अनुसन्धान तथा तालिम अधिकृत सङ्गीता कार्कीले बताइन् ।

शिक्षकलाई तालिम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]