०५ साउन २०८२, सोमबार

विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको बताएका छन् । बिहीबार एलडिसी स्नातक सम्बन्धी कार्यक्रममा बोल्दै लगानीको वातावरण सुधार गर्न कानूनहरु परिमार्जन गरिएको भन्दै अव लगानीको आवश्यकता रहेको औंल्याएका हुन् ।


उनले भने, ‘दिगो विकास र नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठुलो मात्रामा लगानीको अवश्यकता रहेको छ । पछिल्लो समयमा विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृति र संरचनागत समस्याहरु समदृष्टी गरी सरकारले विकासका आवश्यकता पुरा गर्न वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धि विधेयक संसद्मा पेस गरेको छ ।’


उनले वैदेशिक सहायता परिचालन २०८२ जारी गरेको भन्दै लगानिको वातावरण सुधारका लागि काम भइरहेको बताए । ‘सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशीक सहायता परिचालन २०८२ जारी गरिएको छ । लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानूनहरु सुधार तथा परिमार्जन गरिएको छ,’ उनले भने । उनले जलवायु सम्बन्धी विश्वव्यापी कोषहरुको पहँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

लगानी आवश्यक
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]