०५ साउन २०८२, सोमबार

संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

मकवानपुर । बागमती प्रदेश सभाको आयोजनामा सम्पन्न ‘संसदीय पत्रकारिता तालिम’ विहीबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, मार्खुमा समापन भएको छ ।दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका मकवानपुर जिल्लाबाट आएका ३० जना भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए।


कार्यक्रमको उद्देश्य प्रदेशसभाको कार्यविधि, कानुनी प्रक्रिया, बजेट निर्माण र कार्यान्वयन प्रणाली, सांसदहरूको भूमिका तथा पत्रकारिताको उत्तरदायित्वबारे जानकारी दिएका थिए । तालिममा प्रदेशसभा सचिवालयका उच्च पदस्थ अधिकारी, कानुनविद् र सञ्चार विज्ञहरूले सहजीकरण गरेका थिए ।

समापन समारोहमा बोल्दै बागमती प्रदेश सभा सभामुख भुवनकुमार पाठकले प्रदेश स्तरको संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सत्य, तथ्य र विश्लेषणमा आधारित संसदीय रिपोर्टिङ प्रदेशको लोकतान्त्रिक अभ्यासका लागि अपरिहार्य भएको बताए ।


कार्यक्रममा सहभागी पत्रकारहरूले यस्तो खालको तालिमले संसदीय गतिविधिलाई अझ प्रभावकारी ढंगले रिपोर्ट गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका थिए। तालिममा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।
तालिम बागमती प्रदेशसभा सचिवालय तथा अन्य पत्रकार संगठनहरूको सहकार्यमा सम्पन्न भएको हो ।

पत्रकारहरूको भूमिका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]