
सुनसरी। भारतबाट अबैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ लाख ४८ हजार रुपैयाँ बराबरको कपडा सशस्त्र प्रहरीले भन्टाबारी सीमाक्षेत्रबाट बरामद गरेको छ।
सशस्त्र प्रहरी बल भन्टाबारीका डिएसपी केदार जंग थापाका अनुसार साडी, सलवार सूट, कुर्ता लगायतका रेडिमेड कपडाहरू सीमावर्ती क्षेत्रमा लुकाएर ल्याइँदै गरिएको अवस्थामा फेला परेका हुन्। बरामद गरिएको सम्पूर्ण कपडा कोशी ब्यारेजस्थित भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।
डिएसपी थापाका अनुसार सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी थप कडा बनाएको छ।
अहिले पनि सीमा क्षेत्र हुँदै अवैध वस्तु ओसारपसार गर्ने गतिविधि जारी रहेको पाइएको छ। सशस्त्र प्रहरी बलले यस्ता गतिविधि रोक्न स्थायी गस्ती र सूचनाका आधारमा निगरानी बढाएको जनाएको छ।
अवैध कपडा बरामद