०५ साउन २०८२, सोमबार

युवाहरुले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौं खर्च गर्दैछन् : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन् ।संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्, ‘यी विषयहरु सदनमा पटक–पटक उठेका कुराहरू हुन् । युवाहरू रसियन आर्मीमा गइरहेका छन् ।’उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’ श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने धारणा थियो ।

श्रेष्ठले अमेरिका लगायत विदेश जान लाखौं–करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा उठाइन् ।‘कहिलेसम्म हाम्रा युवाहरू हाम्रो देशमा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन ? यसमा छानबिन गर्नु पर्दैन ?’ उनको प्रश्न थियो ।
उनले सरकार जनताको लागि हो कि शक्ति भएका व्यक्तिहरूको लागि भन्दै प्रश्न गरिन् ।

अमेरिका जान
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]