०२ जेठ २०८२, बिहिबार

काभ्रे बाढी : चौथो दिन पनि रेणुकाको अवस्था अज्ञात, प्रहरीले लियो कुकुरको सहयोग

१ जेठ, काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरी बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ । उनलाई खोज्न प्रहरीले आजदेखि तालिमप्राप्त कुकुर प्रयोग गरेको छ ।

वैशाख २९ गते खेतमा काम गरेर घर फर्किंदै गर्दा उनलाई घर नजिकैको खोल्सा जस्तो खहरे खोलाले बगाएको थियो ।

घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी जारी राखेका छन् । उनीहरुलाई स्थानीयले पनि सघाइरहेका छन् ।

बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न सकेको छैन । आज बिहीबार चौथो दिनदेखि प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ ।

काभ्रेमा वैशाख २९ गते मध्यम खालको वर्षापछि आएको बाढीले पनौती र रोशीमा ठूलो क्षति पुर्‍याएको थियो । बाढीले सडक, खानेपानी र कृषि क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]